Featured देश / राष्ट्रिय मुख्य समाचार राजनीति समाचार

कोरोना संक्रमणका कारण दोलखाकै प्रभावशाली एमाले नेता चौलागाईंको मृत्यु

बैशाख २८, दाेलखा । काेराेना भाईरस संक्रमणका कारण बागमती प्रदेशका सांसद एवम् नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

चौलागाईं कोरोना संक्रमणपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहेका थिए । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई पनि कोरोना पोजेटिभ देखिएका कारण उनीहरु होम आइसोलेसनमा रहेको परिवार श्रोताले जनाएको छ ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment