Featured Uncategorized प्रवास / अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार

जिरीका शैलेन्द्र खड्का एनआरएनए जापान (कान्तो) उप संयोजक निर्बाचित

१६ जेठ । दोलखा

गैर आवासीय नेपाली संघ जापान (एनआरएनए, जापान) अन्तरगतको कान्तो क्षेत्रिय अधिवेशनबाट दोलखा जिरीका शैलेन्द्र खड्का उप संयोजक पदमा निर्वाचित हुनुभएको छ । सन २०२१ देखि २०२३ सम्मको २ वर्षे कार्यकालको लागि आइतबार टोकियोमा सम्पन्न सातौ अधिवेसनले दिपेश केसीको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । खड्कासंगै शुरेश केसी पनि सोहि पदमा निर्वाचित भएका छन् भने सचिवमा सागर कार्की र कोषाध्यक्षमा बिनोद राई निर्वाचित भएका छन् ।

अधिवेसनको उद्घाटन सत्रमा वक्ताहरुले संघलाई जापान तथा नेपालमा रहेका सबै नेपालीहरुको हितमा कार्य गर्न सुझाएका छन् । कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले सामाजिक भावनालाई आत्मासाथ गर्दै नेपाल र नेपालीको हित अनुकुल काम गर्न सवैलाई अनुरोध गर्नुभएको छ ।

दोलखा समाज जापानका समेत महासचिव रहेका खड्का पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेपछि जोखिम न्यूनिकरणका लागि सामाजिक कार्यमा सक्रिय रहेका छन् । खड्का कै पहलमा दोलखा समाज जापानले विभिन्न संघसंस्थाको समन्वयमा कोभिड–१९ रोकथामको लागि दोलखा जिल्लाका विभिन्न स्थानहरुमा मास्क, स्यानीटाईजर, फेस शिल्ड लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको छ । त्यस्तै खड्का कै पहलमा जिरी नगरपालिका वडा नं. ६ स्थित अस्तला, पात्ले र गोम्फालुङ क्षेत्रलाई समेटेर कोभिड–१९ विरुद्ध लड्न ए.पि.जि.क्लव गठन गरि आर्थिक सहयोग समेत गर्नुभएको छ ।

हामीसंगको कुराकानीमा उहाँले अहिले कोरोना भाईरसको महामारी विरुद्ध देश लडिरहेको अवस्थामा सहयोग गर्नु सबै नेपाली को कर्तव्य भएकोले आफुले पनि आफ्नो गाँउठाँमा सकेको सहयोग गरिरहेको बताउनुभयो । साथै उहाँले कोभिड मात्र हैन समाजको आवश्यकता र आफ्नो क्षमता अनुसार अन्य समयमा पनि विभिन्न क्षेत्रमा निरन्तर सहयोग गरिरहने बचनबद्धता समेत व्यक्त गर्नुभएको छ ।

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment