Featured देश / राष्ट्रिय प्रवास / अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार स्वास्थ्य

दोलखा समाज जापानको आर्थिक सहयोगमा युवा संजाल जिरीले जिल्लाभर कोरोना जोखिम न्यूनीकरण स्वास्थ्य सामग्री बितरण गर्दै

दोलखा, २७ बैशाख । दोलखा समाज जापानको आर्थिक सहयोगमा युवा संजाल जिरीले कोरोना जोखिम न्यूनीकरण अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ । समाजको सहयोगमा प्राप्त सामग्री युवा संजाल जिरीको व्यवस्थापनमा जिल्लाभर फ्रन्ट्लाइनरमा जोखिममा रहेर कोरोना कहरबिच खटिने विभिन्न संस्था तथा स्वयंसेवक हरुलाई बितरण गरेको हो ।

बिशेष गरेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा बालबालिकालाई मास्क,सेनिटाइजर,फेस सिल्ड,खाद्यान्न लगायतका सामग्री वितरण गरिएको छ । युवा संजाल जिरीका कोषाध्यक्ष जगदीश खड्काले नेपाल पत्रकार महासंघ दोलखालाई ५सय थान मास्क,२५ पिस फेस सिल्ड पत्रकार महासंघका अध्यक्ष दीपशंकर चौलागाईंलाई हस्तान्तरण गरेका छन्। त्यसैगरी प्रस्तावित चरिकोट अस्पताललाई १५ सय थान मास्क,५ लिटर सेनिटाइजर सहयोग गरेको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय दोलखालाई एक हजार थान मास्क र ५ लिटर सेनिटाइजर सहयोग गरेको छ भने,इलाका प्रहरी कार्यालय सिगंटिलाई एक हजार थान मास्क,५ लिटर सेनिटाइजर, तारादल गण दोलखाका नेपाली सेनाको लागि एक हजार थान मास्क र आवाज नेपाल दोलखालाई ५ सय थान, मास्क,साबुन तथा खाद्यान्न सोमबारनै वितरण गरिएको छ। त्यसैगरी गौरीशंकर बालगृहका बालबालिकालाई पनि स्वास्थ्य सामाग्री खाद्यान्न सहयोग गरेको छ। संजालले मंगलबार जिल्ला अस्पताल जिरीमा १००० थान सर्जिकल मास्क र पाँच लिटर सेनिटाइजर बितरण गर्नेछ भने युवा संजाल जिरी मार्फत २५०० सर्जिकल मास्क, १५ लिटर सेनिटाइजर, हातधुने साबुन सहित २०० लिटरको पानी ट्यांकी अत्यावश्यक तीन स्थानमा ब्यवस्थापन गर्नेछ ।

समाजले एक लाख बीस हजार बराबरको स्वास्थ्य सामाग्री दोलखामा सहयोग गरेको युवा संजाल दोलखाका अध्यक्ष केन्द्र ज्योति खड्काले जानकारी दिनुभयो । समाजका अध्यक्ष महेश खड्काले आफ्नो जिल्लामा बढ्दै गएको महामारी संकटमा सहयोग गर्न पाउँदा जिल्लाबासिमा केही राहत पुग्न सक्ने बताउनुभयो । त्यसैगरी सबै स्थानीय तहका अति जोखिम क्षेत्रहरूमा तत्काल कोरोना न्यूनीकरण सामग्री वितरण गरि सामाजिक उत्तरदायित्व निर्वाह गर्न दोलखा समाज जापान संदैब तत्पर रहेको महासचिव शैलेन्द्र खड्काले बताउनुभयो ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment