Featured

Featured देश / राष्ट्रिय समाचार

कोरोना कहरले रोकेन जिरी नगरपालिकाको ७ र ८ को बिकास : खानेपानी आयोजनाको काम तीब्र रूपमा हुँदै ।

नबिन सुनुवार/च्योर्दोङ

जिरी, १९ जेठ । कोभिड-१९ कोरोना भाईरसका कारण यति बेला मुलुक लकडाउनमा परेको छ । जसको असर दोलखाको जिरी नगरपालिकामा पनि नपरेको होइन । तर लकडाउन कै मौकामा बिकास निर्माणका काम पनि उतिकै चलिरहेको छ ।

जिरी नगरपालिकाको वडा नम्बर ७ र ८ मा संघीय खानेपानी मन्त्रालय सिंहदरबार काठमाडौंबाट अनुमानित १७ करोड लागतमा खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गंगा कार्की, बागमती प्रदेशका माननीय सासंद बिशाल खड्का, संघिय सरकारका हालका माननीय सभामुख अग्नि प्रसाद सापकोटा, पुर्ब खानेपानी मन्त्री माननीय बिना मगर, नेकपा माओवादी केन्द्र दलित मुक्ती मोर्चाको केन्द्रिय सदस्य तथा दोलखा जिल्ला कमिटीका सदस्य जिरी नगरपालिकाका माओवादी केन्द्रका पार्टी सचिब शान्त नेपाली र समाजसेबि राम खत्रीको पहलमा उक्त खानेपानी आयोजना स्वीकृत गरिएको हो ।

आर्थिक बर्षमा उक्त खानेपानी आयोजनाको लागि ६० लाखको सम्झौता गरिएको छ । जसमध्य लगभग ५०% काम सकिएको नेपालीले बताउनुभयो । उहाँले भन्नू भयो -“हामीले सिमित वडा भित्रका स्थानीयहरु मात्रै स्वास्थ्य मापदण्ड अपनाएर काम सुरु गरेका हौं । अहिलेसम्म यो आयोजनालाई कोरोनाले रोक्न सकेको छैन । कोरोनाको महामारी संगै भएको लकडाउनमा पनि उक्त खानेपानी आयोजनाको काम तीब्र गतिमा भइ रहेको छ । स्थानीयहरुको सक्रियतामा सामाजिक दुरि कायम गर्दै अनिवार्य माक्स र सेनिटाईजरको साथमा काम निरन्तर जारी रहेको छ ।”

उक्त खानेपानी आयोजनाको काम सम्पन्न भएपछी वडा नम्बर ७ को धारापानी, मारे, फेदि, च्यामाली, ठवार,डाडा गिद्दे, चम्पुर ,फिर्के, माथिल्लो सिक्री सुन्टाक, आहाले, भैसिलुबु,सोर्दुम, तल्लो सिक्री, र वडा नम्बर ८ को बजेनी, सुईरे, च्यामाली, खरायोबन, भकिम्ले र पुरानो गाउँ गरि करिब १ हजार भन्दा बढि घरधुरीका स्थानीयहरु लाभान्वित हुने छन ।
यस्तो कोरोनाको दुखित त्रासमय जीवन जिई रहेको बेला आफ्नो ठाउँमा सोच्दै नसोचेको कामले आफुहरु धेरै खुशी भएको स्थानीय बताउँछन । स्थानीय भन्नू हुन्छ ! हामिलाई कहिले आफ्नो घरको आगनमा पानी झारौं भन्ने लागिरहेको छ ।

उता नेपाली र खत्री भने यस्तो माहामारिको बाबजुद पनि आफुहरु आफ्नो ज्यान नै जोखिममा राखेर आम नागरिकको खुशीको लागि निरन्तर बिकास निर्माणको काममा लाग्न पाउँदा अति खुशी मिलेको बताउँछन् ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment