Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार

चरिकोट- जिरी दुईलेन सडकको काम तिब्र, हतारोको काममा समस्या देखिंदै

केदार दहाल / च्योर्दोङ
बैतेश्वर, २१ जेठ । चरिकाेट देखि जिरी सम्म काे दुईलेन सडक बनाउने ठेक्का लामा/वुडविल जेभी कम्पनिले पाएकाे थियाे । लामाले चरिकाेट देखि काम सुरु गरेर अहिले जिरी नगर र बैतेश्वर गापाकाे सिमानामा पर्ने खावा बजार देखि मैनापाेखरि बजार सम्म कालाेपत्रे गर्ने काम खावा देखि गर्दै अहिले मैनापाेखरि बजार भन्दा करिब ७०० मिटर माथि सम्म पुगेको छ।

मुडे चरिकाेट खण्डकाे निर्माणकार्य समयमै सम्पन्न नहुदा त्यस क्षेत्रमा यात्रुहरुले सास्ति भाेगिरहेकाे बेला चरिकाेट जिरी सडककाे तिब्र काम देखेर यात्रा गर्ने यात्रु तथा स्थानियहरु खुशी छन । तर एकातिर काम सकाउने हताराे अर्को तिर प्राबिधिक एवं कामदारहरुकाे लापर्वाहिकाे कारण केही स्थानहरुमा तत्काल समस्या देखा पर्न थालेको छ ।

खावा बजार नजिकै भरखरै कालाेपत्रे गरिसकेकाे सडक करिब १० मिटर वरपर भासिएको छ । ब्याककटिङ स्लोप नगरि भित्ताहरु ठाडो काटिएको कारण ठाउँ ठाउँमा भित्किएर बनिसकेका अन्य संरचनामा क्षति पुगेको छ । त्यसैगरी सडकभन्दा मुनिभागमा लगाइएका मेसिनरी वालहरु समेत पर्याप्त क्युरिङ नपुगेर वा वाल सेट नभई ब्याक्फिलिङ गर्नाले चर्किन थालेको छ ।

मैनापोखरी-नाम्दु र खावा- जिरी बाहेकका अन्य क्षेत्रमा पिच सम्पन्न भइ सकेको छ भने जिरी जिरो पोइन्टबाट पनि पिचको लागि तयारी शुरूवात भैसकेको छ । समग्रमा चरिकोट जिरी सडकको निर्माण कार्य सन्तोषजनक ढंगले भैरहेकोमा स्थानीय हर्षित छन । प्राबिधिक वा संयोगबस देखापर्ने यसप्रकारका समस्यामाथि सम्बन्धित निकाएकाे बेलैमा ध्यान जानु जरुरि देखिन्छ ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment