Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार स्वास्थ्य

जिरी अस्पताललाई योगदान राष्ट्रको लागि संस्थाबाट करिब ६ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

जिरी, २२ जेठ । ‘योगदान राष्ट्रको लागि’ नामक संस्थाको पहलमा दोलखाको जिरी अस्पताललाई स्वास्थ्य सामग्री बितरण भएको छ । जिल्ला भरिकै अस्पताल तथा स्वास्थ्य चौकीहरुमा सामग्री बितरण गरिरहेको संस्थाले जिरी नगरपालिकाका मेयर टंक बहादुर जिरेललाई शनिबार सामग्री हस्तान्तरण गरेको हो ।

बोधिसत्व बिहारको आर्थिक सहयोगमा दोलखामा १२ वटा अक्सिजन कन्सर्नट्रेटर सहित करिब ६५ लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री बितरण भइरहेको योगदान राष्ट्रको लागि दोलखा शाखाका अध्यक्ष तथा सामाजिक अभियन्ता राजु थापाले जानकारी दिनुभयो । अध्यक्ष थापा सहित तक्त जिरेल, बिनोद जिरेल, रमेश श्रेष्ठ , पदमबहादुर बस्नेत लगायतको टोलिले सो सामग्री हस्तान्तरण गरेका हुन । महामारीको यो समयमा दोलखाली नागरिकको स्वास्थ्य सुरक्षाको लागि आफ्नो संस्था अझै लागि परेर थप पहलकदमी गर्ने अध्यक्ष थापाले बताउनुभयो । जिरी अस्पतालमा दुई थान अक्सिजन कन्सर्नट्रेटर सहित पिपिई सेट, ग्लोब्स, मास्क, अत्यावश्यक औषधि तथा अन्य स्वास्थ्य सुरक्षा सामग्री र सरसफाइ सामग्री बितरण गरिएको हो ।

मेयर जिरेलले बिपत्तिको यो समयमा जिरी अस्पताल प्रती सद्भाव साथ स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग गर्ने सहयोगदाता प्रती अस्पताल प्रशासन तथा जिरी नगरका सबै नागरिकको तर्फबाट धन्यवाद दिनुभयो । उपलब्ध स्वास्थ्य सामग्रीको सहि सदुपयोग गर्दै बिरामीको स्वास्थ्य उपचारमा कुनै कमि हुन नदिने बताउँदै मेयर जिरेलले अहोरात्र खटिरहेका अभियन्ता स्वयंसेवक प्रती पनि सु- स्वास्थको कामना गर्नुभयो ।

कोरोना महामारीको समयमा कोहि संक्रमित स्वास्थ्य सेवा अभाव भइ ज्यान गुमाउनु नपरोस भन्ने हेतुले ताईवानी नागरिक – मास्टर हेगुवाङ्सी को सामाजिक संस्था बोधिसत्व बिहारले देशभरका ७७ वटै जिल्लामा करिब ३८ करोड बराबरको स्वास्थ्य सामग्री बितरण गरिरहेको बोधिसत्व बिहारका नेपाल कार्यक्रम संयोजक शान्त शर्माले जानकारी दिनुभयो ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment