Featured

Featured मुख्य समाचार शिक्षा समाचार

जिरी नगरपालिकाले पहिलो र दोश्रो परीक्षाको आधारमा विद्यालयको नतिजा सार्वजनिक गरीँदै

चन्द्र खड्का/च्योर्दोङ
जिरी, १८ जेठ । कोभिड १९ कोरोना भाइरसको महाकारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन हुन नसके पछि दोलखाको जिरी नगरपालिकाले पहिलो त्रैमासिक, दोश्रो त्रैमासिक परीक्षा र आन्तरीक मूल्यांकन विधीबाटै विद्यार्थीको नतिजा सार्वजानीक गर्ने भएको छ ।

जिरी नगरपालिकाको नगर शिक्षा समिति तथा आधारभूत शिक्षा उतीर्ण समितिको जेठ १८ गते बसेको बैठकको निर्णय अनुसार पहिलो र दोश्रो त्रैमासिक परीक्षाबाट ७० प्रतिशत र आन्तरीक मूल्याङ्कनबाट ३० प्रतिशत गरी नतिजा सार्वजनिक गर्ने भएको हो ।

यस अघि जिरी नगरपालिकाको शिक्षा शाखा अन्तर्गत प्रकाशित शैक्षिक क्यालेन्डर अनुसार जेठ महिनाको १८ गतेबाट परीक्षा सञ्चालन गरीने भनिएको थियो । सोही अनुसार जिरी नगरपालिकाको परीक्षा समितिले तयारी थाली बैशाखको १९ गते अगावै प्रश्नपत्र तयार गरेको भए पनि बैशाखको १६ गतेबाट दोलखामा बन्दाबन्दि (लकडाउन) शुरु भएको थियो । त्यस पछि कसरी परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा अन्योल भए पछि मंगलबार बसेको शिक्षा समितिको बैठकले जेठको मसान्त भित्र नगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले नतिजा सार्वजनिक गर्नेगरि नगर शिक्षा शाखाले सुचना जारी गरेको छ ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment