Featured देश / राष्ट्रिय समाचार

दोलखाको चप्पल ढुङ्गाको माग बढ्दो, लकडाउन र बर्षातको कारण ढुवानीमा समस्या

केदार दहाल / च्योर्दोङ बैतेश्वर, २१ जेठ । काठमाण्डाै सहित अन्य शहरी क्षेत्रमा सडक पेटिमा,घरकाे आगन र पैदल मार्गमा चप्पल ढुङ्गाकाे प्रयाेग बढेसँगै गाउँ गाउँ का ढुङ्गा खानिहरुले लाखाैं आम्दानी गरिरहेका छन । २०७२ मा आएकाे बिनाशकारी भुकम्प बाट घरकाे छानामा लगाईएका ढुङ्गा खसेर भएका विभिन्न क्षति हरुलाई न्यूनिकरण गर्न अहिले घरकाे छानामा जस्तापाताहरु लगाउन थाले सँगै बन्द भएका ढुङ्गा खानिहरु काठमाण्डाै सहित अन्य शहरहरुमा माग बढेसँगै अहिले धमाधम खानिहरु सन्चालनमा आएका छन ।

कतिपय खानि संचालकहरुले संभावित व्यक्तिगत जग्गाहरुमा समेत जग्गा धनिलाई बार्षिक मुल्य दिने सम्झौता गरेर पनि खानि संचालन गरिरहेका छन । तर काेभिड -१९ का कारण काठमाण्डाै पठाउनु पर्ने चपल ढुङ्गा अहिले पठाउन नसकेकाे कारण लगानि डुब्न लागेकाे संचालकहरुकाे गुनासाे रहेकाे छ ।

बैतेश्वर -३ मा मात्रै ५ ओटा खानिहरु संचालनमा रहेका छन । एउटा खानिमा मात्रै लकडाउन का कारण ८-१० हजार बर्ग फुट ढुङ्गा राेकिएकाे रहेकाे बताउनु हुन्छ खानि संचालक रेन्जि तामाङ । करिब १० लाख बराबरकाे चप्पल ढुङ्गा राेकिएकाे कारण कामदारहरुलाई ज्याला र लगानि गरेकाे पैसाकाे किस्ता दिन समस्या भएकाे तामाङकाे गुनासाे छ । लकडाउन नसकिंदै फेरि बर्षा समय शुरुहुन लागेकाले ग्रामीण सडकहरुमा यातायातका साधानहरु फस्ने र बिग्रिने कारण देखाउँदै गाडिहरु नआउने समस्या हुने दुखेसाे पाेख्नु हुन्छ अर्का संचालक दुर्गा पाख्रिन ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment