Featured खेल कुद प्रवास / अन्तर्राष्ट्रिय

नेपालले चाइनिज ताइपेईविरुद्ध बिहिबार राती कुवेत सिटिमा खेल्दै

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणमा खेल्न बाँकी तीन खेल मध्ये नेपालले पहिलो खेल बिहीबार राति खेल्दैछ। कुवेत सिटीमा राति पौने दश बजे नेपालले चाइनिज ताइपेईविरुद्ध खेल्न लागेको हो।

समूह ‘बी’ मा रहेको नेपालका लागि ताइपेईविरुद्धको खेल एसिया कप तेस्रो चरणको छनोट प्रवेशका लागि महत्वपूर्ण छ।

नेपाल र ताइपेईबीच अहिलेसम्म दुई पटक प्रतिस्पर्धा भएको छ। दुई मध्ये एक खेलमा जित र एक खेलमा बराबरीमा रोकिएको नेपाल ताइपेईविरुद्ध अपराजित छ ।

नेपालले कोरोना भाइरसपछि ६ खेल खेलिसकेको छ। जसमध्ये तीन खेलमा बराबरी, दुई खेलमा हार र एक खेलमा जित हात पारेको छ।

यो अविधमा नेपालले बंगलादेशसँग ४ पटक प्रतिस्पर्धा गरेको छ। जसमा दुई खेल बराबरीमा सकिएका छन्। एक खेलमा हार बेहोर्दा नेपालले एक खेलमा जित हात पारेको छ।

यस्तै नेपालले कीर्गिस्तानको यु२३ टिमसँग पनि प्रतिस्पर्धा गर्‍यो। थ्री नेसन्स कपअन्तर्गत दशरथ रंगशालामा भएको सो खेलमा नेपाल गोलरहित बराबरीमा रोकियो।

गत साता नेपालले पूर्वएसियन च्याम्पियन इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्यो। जसमा नेपाल ६-२ गोलले पराजित भयो।

नेपालले कोरोनापछि खेलेका ६ खेलमा ९ गोल खाँदा ४ गोल गरेको छ। ६ मध्ये नेपालले चार खेलमा गोल गर्न सकेको छैन।

कोरोनाअघि नेपाली टिम विश्वकप छनोटमा खेलेका पाँच मध्ये चार खेलमा पराजित भयो।

नेपालले विश्वकप छनोटमा कुवेतसँग १-० र ७-० को हार बेहोर्दा अस्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० गोलले पराजित भयो।

ताइपेईलाई २-० ले पराजित गरेको नेपालले म्यानमारविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै ३-० को हार बेहोर्‍यो। कोरोनाअघि खेलेका पछिल्ला ६ खेलमा नेपालले १९ गोल खायो भने केवल २ गोल गर्न सक्यो।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment