देश / राष्ट्रिय समाचार

बैतेश्वर यार्साका ७५ घरपरिवारलाई बिपत राहत बितरण

केदार दहाल / च्योर्दोङ
बैतेश्वर, जेठ २३ । बैतेश्वर गाउँपालिका वडा नं – ३, यार्साका ७५ घरपरिवारलाइ प्रती परिवार ३० केजि काे १ बोरा चामल, ५ केजि  आटा ३केजि दाल र १ लिटर खाने तेल राहत स्वरुप बितरण गरिएको छ।

अाफ्नै थाेरै भएकाे बारिमा विभिन्न नगदे बालि लगाएर बेच्दै अाफ्नाे दैनिकी चलाइरहेका यार्सा बासिलाई राहात बितरण गर्न सहयोग गर्नहुने हिले निगाले सामुदायिक सिकाई केन्द्र र उर्गेलिङ गुम्बा निगालेमा सिकाई सहजीकरण गर्ने सहजकर्ता शिक्षिकाहरु सहयोगी मन , मिलनसार र समाजसेवी पेम्बा शेर्पा र मिङ्गमा फुटि शेर्पाको विशेष पहल र चाईनिज नागरिक लिउ याङ्ग को सहयोगमा तथा हिले निगाले शेर्पा सेवा समाजका सोनम शेर्पा, सुकु शेर्पा,पेमादोर्जी शेर्पा र फुर्बारेन्जी शेर्पा लगायत को समन्वय मा र स्थानिय बुद्विजिवि एवं शिक्षक श्री तेन्जिङ शेर्पाकाे पहलमा खाधान्न सामाग्री वितरण गरिएको हाे ।

लिउ याङ्ग र उर्गेलिङ गुम्बाका शिक्षिकाहरुकाे सम्पर्क बाट याङ्गले सहयाेग गरेकाे र बितरणमा स्थानिय बुद्विजिवि एवं शिक्षक श्री तेन्जिङ शेर्पा र युवा टिमले सहजीकरण गर्नु भएकाे थियाे । शेर्पाका अनुसार याे काेभिड -१९ काे दाेश्राे लहरमा खाद्यान्न असहज भईरहेकाे बेलामा बितरण भएकाले स्थानिय यार्सा बासि सम्पुर्णले चिनिया नागरिक लिउ याङ्ग र समन्वय गरि हाम्राे घर अाँगनमा ल्याएर बाड्नु हुने सबै मनकारिहरु लाई धन्यवाद दिँदै अागामि यस्तै माहामारि काे बेलामा पनि सहयाेगकाे अपेक्षा राख्दै सहयाेगि मनहरुलाई बिदा गर्नु भएकाे जानकारि दिनुभयाे ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment