Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार स्वास्थ्य

‘मेरो एक हजार अक्सिजन किन्नलाई’ अभियानबाट खरिद २५ थान अक्सिजन सिलिन्डर दोलखामा

चन्द्र खड्का/च्योर्दोङ
दोलखा, १९ जेठ । दोलखामा रहेका अस्पतालहरुमा अक्सिजनको कमि हुन नदिन दोलखाली युवाहरुले मेरो एक हजार अक्सिजन किन्नलाई अभियान चलाएर अक्सिजन खरिद गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत सुरु भएको यो अभियानमा विभिन्न क्षेत्रमा रहेका करिब दुई सय दोलखाली युवाहरुले साथ दिंदा पाँच लाख रुपैया बराबर रकम जम्मा भएको र सोही रकमबाट २५ थान अक्सिजन सहितको सिलिन्डर जिल्ला भित्रिएको छ ।

अक्सिजन अभावकै कारण कोरोना संक्रमितहरुको ज्यान नजाओस भन्ने उद्देश्यका साथ सञ्चालन गरीएको यो अभियानले बुधबार विहान जिल्लामा अक्सिजन सिलिन्डर २५ थान र रेगुलेटर १२ थान खरिद गरी ल्याइएको सामाजिक अभियान्त एवं पत्रकार गोकर्ण भण्डारीले जानकारी दिए । जिल्ला ल्याइएको अक्सिजने जिरी, मैनापोखरी, सिंगटि र चरिकोट अस्पतालमा विरामीको चाप हेरी वितरण गरिने बताइएको छ ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment