Featured

Featured देश / राष्ट्रिय समाचार स्वास्थ्य

समुदायको सुरक्षामा स्थानीय युवाको सक्रियता

जिरी, २९ जेठ । कोरोना महामारीको कारण समाज आक्रान्त भैरहदा आ-आफ्नो समुदायको बचाउको लागि स्थानीय युवाहरु सक्रिय भएका छन । दोलखाको जिरी नगरपालिका वडा नं. ६ स्थित अस्तला, पात्ले र गोम्फालुङ्का युवाहरुले पनि आफ्नो समुदायमा कोरोना जोखिम न्यूनीकरणको प्रयास स्वरुप स्वास्थ्य सुरक्षा सामग्री बितरण गरेका छन ।

उनिहरुले आफ्नो समुदायका करिब ४३ घरपरिवारलाई सामग्री बितरण गरेका हुन । जिरीमा सक्रिय सामाजिक संस्था युवा संजाल जिरी, स्थानीय समाजसेवी जङ्ग बहादुर कुवर तथा आफनै समुहबाट संकलित स्वास्थ्य सुरक्षा सामग्री एपिजी युवा समाज परिवार नामक समूह मार्फत समुदायमा बितरण गरिएको हो ।

एपिजी युवा समाजको सक्रियतामा एक घरपरिवार बापत एक एक ओटा हातधुने साबुन, सानिटाइजर, सर्जिकल मास्क बितरण गरेका छन । बिपतको समयमा आफ्नो समुदायका युवाहरु यसप्रकारको सचेतनात्मक कार्यमा सक्रिय हुँदा स्थानीयहरुले खुशी ब्यक्त गरेका छन । समाजमा सक्रिय सदस्यहरु स्वास्थ्य सतर्कता अपनाउदै तिनै टोलको घर घरमै पुगेर स्वास्थ्य सुरक्षाको बारेमा जानकारी गराउदै सामग्री बितरण गरेको एक अभियन्ता सुदिप खत्रीले जानकारी दिए ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment