Featured अर्थ / बिजनेस देश / राष्ट्रिय मुख्य समाचार समाचार

जनसचेतन साकाेस अब राजधानि काठमाण्डाै सहित पाँच जिल्लामा

केदार दहाल / च्योर्दोङ, बैतेश्वर,२९ असार

जनसचेतन बचत तथा ऋण सहकारी संस्था सँग रसिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनेपा र मुनाल वचत तथा ऋण सहकारी संस्था एक आपसमा एकीकरण भएकाे छ ।दोलखा सहित पाँच जिल्ला राजधानी काठमाण्डौ, काभ्रेपलाञ्चोक र भक्तपुरको पुरै जिल्ला र ललितपुर जिल्लाको ललितपुर महानगरपालिका भरी कार्यक्षेत्र बनाई वचत र ऋणको कारोबार गर्न पाउने भएको संस्थाका प्रमुख कार्यकारि नवराज दहालले जानकारी दिनु भयो । सहकारीको एकिकरण सँगै मुख्य कार्यालय भने बैत्यश्वर गाउँपालिका वडा नम्बर ५ मैनापाेखरि दोलखामै रहने छ ।

संस्था एकिकरण भए सँगै संस्थाकाे कुल पूँजी २ अरब पुगेकाे छ भने शेयर सदस्यहरुकाे सेवा सुविधा का लागि मध्यनजर गर्दै एकिकरण भएका संस्थाका कार्यालय र काउण्टर साबिक मै रहने र काठमाण्डाै उपत्यका मा थप तिन अाेटा काउण्टर राखिने गरि भूमी ब्यवस्था तथा सहकारी मन्त्रालय बागमती प्रदेशबाट एकिकृत रुपमा काम गर्ने स्विकृत प्राप्त भईसकेकोले नयाँ अा व बाट जनसचेतन साकाेस कै नाम बाट काराेबार हुने दहालले बताउनुभयाे ।

यस अघि जनसचेतन साकाेसका सदस्यहरुले उपत्यकामा एक ठाउँ बाट सेवा लिँदै अाएसँगै अब काठमाण्डाै, ललितपुर, भक्तपुर का जुनसुकै काउण्टरबाट सेवा लिन सक्ने सँगै सहज हुने छ ।

हाल सहकारिहरुकाे उर्जर भूमिकाे रुपमा चिनिने दोलखा जिल्लाको तत्कालीन काब्रे गाविसमा वि.सं.२०५० साल असोज २२ गते स्थापना भएको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले केही बर्षदेखी दोलखा जिल्ला भरी कार्यक्षेत्र बनाई कार्य गर्दै आएको थियो । एशियाली ऋण महासंघबाट २०६९ सालमा अन्तर्राष्ट्रिय स्तरको एक्सेस ब्राण्डक पाएको यस सहकारीले २०७३ साल देखी सिल्भर स्तरको ब्राण्ड निरन्तर रुपमा पाउँदै आएको छ ।

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment

Featured