Featured देश / राष्ट्रिय समाचार

जनसचेतन साकोसको पाँच दिने(CUDCC) क्षमता अभिवृद्धि तालिम धुलिखेलमा सम्पन्न

केदार दाहाल/ च्योर्दोङ
बैतेश्वर, ८ साउन । जनसचेतन वचत तथा ऋण सहकारी संस्था लिमिटेड मैनापाेखरि दोलखाका सञ्चालक तथा कर्मचारिहरुकाे पाँच दिने (CUDCC) क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । काब्रेपलाञ्चोक स्थित धुलिखेल लज तथा रिर्सोटमा ४ गते बाट सुरु भएको तालिम अाज ८ गते सम्पन्न भएकाे हो ।

संस्थाका अध्यक्ष हेमन्तकुमार चौलागाईको अध्यक्षतामा भएको तामिलको उद्घाटन नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलले एक समारोहका बिच उद्घाटन गर्नु भएकाे थियाे । कार्यक्रममा अध्यक्ष पौडेलले सहकारीले संस्थाहरुले उच्च प्रविधिको प्रयोग गरी थोरै जनशक्तिबाट धेरै सदस्यहरुलाई सेवा दिन सक्नु पर्ने र ग्रामीण क्षेत्रका सहकारी सदस्यलाई लक्षित गरी डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भएकाे थियाे। साकोस अभियान अन्तरगत विश्व मञ्चमा नेपालको झण्डा फहराउने कार्यको नेतृत्व जनसचेतन साकोसले गरेको उल्लेख गर्नु हुँदै उहाँले नेपालको सहकारी अभियानमा जनसचेतनबाट धेरै कुरा सिक्न सकिने बताउँनुभयो ।

यसै गरी सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका (नेफ्स्कुन) का उपाध्यक्ष शान्ति अधिकारीले नेपालको सहकारी अभियानमा अझै पनि महिलाहरुको उल्लेखिय सहभागिता हुन नसकेको भन्दै यसलाई बृद्धि गर्नु पर्नेमा जोड दिनु भयो । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै जनसचेतन साकोसका अध्यक्ष हेमन्त चौलागाईले जनसचेतनले राजधानी काठमाण्डौ सहित आसपासका पाँच जिल्लामा कार्य क्षेत्र बनाई आफ्ना सदस्यलाई सेवा दिन सुरु गरेको जानकारी दिनु भयो । उद्घाटन कार्यक्रममा जनसचेतन साकोसकी उपाध्यक्ष स्वास्थानी कुँबरले संस्थाले आवश्यकता अनुसार सञ्चालक र कर्मचारीका लागि क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको बताउँनु भएकाे थियाे।

पाँच दिने (CUDCC) क्षमता अभिवृद्धि तालिम काे अाज अन्तिम दिन राष्ट्रीय सहकारि वैंकका अध्यक्ष श्री के वि उप्रेती ज्यूले समापन गर्नु भएकाे छ । तालिममा संस्था सञ्चालक समित सहित विभिन्न उप समितिका सदस्य र बरिष्ठ व्यवस्थापन समुह र कर्मचारि गरी २६ जनाको सहभागिता रहको संस्थाका प्रमुख कार्यकारि नवराज दहालले बताउनु भयाे। यस तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिना तथा तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियाे।