Featured Uncategorized अर्थ / बिजनेस देश / राष्ट्रिय मुख्य समाचार समाचार

जिरीमा ३ दिने सेयर मार्केट तालिम संचालन

जिरी । असार १८

युवा संजाल जिरीको आयोजना तथा जिरी नगरपालिकाको आर्थिक सहयोगमा दोलखाको पर्यटकीय नगरी जिरीमा ३ दिने सेयर मार्केट तालिम संचालन भएको छ ।

जिरी ५ लिङ्कन बजार स्थित होटल हेमन्तमा संचालित तालिमको उद्घाटन गर्दे कार्यक्रमका प्रमुख अतिथि जिरी नगरपालिकाका प्रमुख टंक बहादुर जिरेलले बर्तमान डिजिटल युगमा युवाहरु घरमा नै बसेर कारोबार गरी फाईदा लिन सकिने बताउनुभयो । उहाँले प्रविधिको सकारात्मक सदुपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो । छोटो मन्तव्य राख्दै नगर उपप्रमुख कृष्णमाया बुढाथोकीले सेयर बजार अहिलेको समसामयिक विषय भएकोले युवाहरु यसप्रति आकर्षित हुनु स्वभाविक भएको बताउनुभयो । उहाँले बजार प्रबेश गर्नुअघि चाहिने न्युनतम ज्ञान, सिप आर्जन गरि बजार प्रबेश गर्न सुझाव दिनुभयो । त्यस्तै कार्यक्रमको पूर्ण सफलताको सुभकामना दिदै जिरी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जगदिश चन्द्र सिवाकोटीले सेयर बजार कारोबारमा अवसर र चुनौति दुवै रहेकाले यसमा सम्यम्ता, धैर्यता आवश्यक हुने बताउनुभयो ।

अफलाईन तथा अनलाईन दुवै माध्यामबाट संचालित तालिममा प्रत्यक्ष र भर्चुअल माध्याम मार्फत करिव ५० जना सहभागी रहेका छन् । भने तालिमलाई बरिष्ठ सेयर मार्केट विश्लेषक हरि ढकाल, युवा सेयर बजार विश्लेषक अमिर पुडासैनी, तेजस्वी बस्नेत, सुजन आचार्य लगायतले सेयर बजारसंग सम्वन्धित विविध पक्षहरुमा सहजिकरण गर्नुहुने आयोजकले बताएको छ ।

पछिल्लो समय युवाहरुमाझ सेयर कारोबार आकर्षणको क्षेत्र भएको तर आवश्यक ज्ञान तथा सिप नभएको कारण अन्यौलमा रहेका हुनाले तालिम संचालन गरिएको संजालका अध्यक्ष केन्द्रज्योति खड्काले बताउनुभयो ।

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment

Featured