Featured

Featured देश / राष्ट्रिय प्रवास / अन्तर्राष्ट्रिय मुख्य समाचार शिक्षा समाचार स्वास्थ्य

दोलखा समाज जापानले दोलखाको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने

दोलखा, २३ असार । सामाजिक सेवामा सक्रिय दोलखा समाज जापानले दोलखाको विभिन्न क्षेत्रमा सहयोग गर्ने भएको छ । समाजले जिल्लाको बिशेष गरि स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा सहयोग गर्ने निर्णय गरेको हो ।

जिल्लाभरका ८७ वटा माध्यमिक बिद्यालयहरुमा एक एक थान थर्मल गन, चरिकोट अस्पताल, जिरी अस्पताल, बैतेश्वर कोभिड अस्पताल, सिङ्गटी कोभिड अस्पताल र तामाकोसी कोभिड अस्पतालमा बालबालिकाको स्वास्थ्यउपचारमा उपयोग हुने स्वास्थ्य सामग्री, बजार क्षेत्रमा ज्याला मजदुरी बाट
दैनिक जिविकोपार्जन गरिरहेका तर कोरोना कहरका बिच दैनिक गुजारा चलाउन समस्या परेका मजदुरहरुलाई खाद्यन्न बितरण गर्न लागिएको समाजका महासचिव शैलेन्द्र खड्काले जानकारी दिनुभयो । त्यसै गरि कोभिड महामारीमा पनि सक्रिय भुमिका निर्वाह गर्दै गर्दा कोरोना संक्रमित भइ ज्यान गुमाउन पुगेका पत्रकार महासंघ दोलखा जिल्ला शाखाका सदस्य स्व. रबिन्द्र गौतमको छोरीहरुको नाममा स्थापना भएको अक्षयकोषमा एक लाख र क्यान्सरको कारण उपचाररत अवस्थामा मृत्यु भएका जिरी ७ निवासी युवा संजाल जिरीका सक्रिय सदस्य शम्भु जिरेलको छोरीको नामको अक्षयकोषमा पचास हजार सहयोग गर्ने निर्णय भएको खड्काले बताउनुभयो ।

ब्यवसाय, रोजगार तथा अध्ययनको सिलसिलामा जापानमा रहेका दाताहरुबाट “दैवीक प्रकोप राहत कोष” अन्तरगत संकलित रकम मार्फत जिल्लामा सहयोग पठाउन लागिएको समाजका अध्यक्ष महेश खड्काले जानकारी दिनुभयो । समाजले यसअघि पनि पटक पटक जिल्लाको कोरोना जोखिम क्षेत्रहरुमा विभिन्न कोरोना न्यूनीकरण स्वास्थ्य सामग्री बितरण गरेको थियो ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment