Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार स्वास्थ्य

क्यान्सर पिडित दहाललाइ चौलागाइको सहयोग

केदार दहाल / च्योर्दोङ, बैतेश्वर, साउन ३२

दोलखाको वैतेश्वर ४ काब्रे निवासी क्यान्सर पिडित देवि प्रसाद दहाल लाई वैतेश्वर ४ का वडा अध्यक्ष कुमार चौलागाईं ले ब्यक्तिगत रुपमा १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।
लामो समय देखि घाटिको क्यान्सर भएर भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहनुभएका देवि प्रसाद दहाललाई राहात स्वरुप पिडित का बुबा इबलाल दहाल लाई वडा अध्यक्ष चौलागाईं ले सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।सहयोग हस्तान्तरण गर्दै वडा अध्यक्ष कुमार चौलागाईं ले देवि प्रसादको घरको आर्थिक अवस्था कमजोर रहेको ले पिडामा केही राहात महसुस होस भनेर ब्यक्तिगत रुपमा सहयोग गरेको र अन्य सहयोगी मन हरुलाई समेत सहयोग को लागि आग्रह गर्नुभयो।