Featured Uncategorized देश / राष्ट्रिय समाचार स्वास्थ्य

जिरीमा “तपाईको मास्क खै” सचेतना र्याली

२९ श्रावण, जिरी

“महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता, मास्क लगाउनु नै आजको आवश्यकता” भन्ने नाराका साथ नेपाल सरकारले अघि सारेको नेपाल मास्क अभियान अन्तरगत दोलखाको पर्यटकीय नगरी जिरीमा आज “तपाईको मास्क खै” सचेतना र्याली सम्पन्न भएको छ ।

जिरी नगरपालिका, इलाका प्रहरी कार्यालय जिरी र जिरी अस्पतालको संयूक्त आयोजनामा बजारक्षेत्रमा गरिएको र्याली मा जिरी नगरपालिकाका प्रमुख टंक वहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी, ईलाका प्रहरी कार्यालय जिरीका प्रमुख प्रहरी निरिक्षक विष्णु बहादुर खड्का लगायत स्वास्थ्यकर्मी एवं नागरिक समाजका प्रतिनिधि एवं स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

आज विहान ९ बजे जिरी–६ मानेडाँडाबाट व्यानर सहित सुरु भएको ¥याली जिरी–५ लिङ्कन बजारमा समापन भएको छ । पछिल्लो समय जिरी लगायत दोलखामा समेत कोभिड संक्रमणको दर बढिरहेको हुनाले स्थानीयबासीमा पर्न सक्ने जोखिमलाई न्युनिकरण गर्ने उदेश्य अनुरुप सांकेतिक रुपमा यो कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक विष्णु बहादुर खड्काले बताउनुभयो । र्यालीको क्रममा सहभागीहरुले मानेडाँडा र लिङ्कन बजारक्षेत्रमा मास्क नलगाई हिडेका व्यक्ति तथा व्यापारीहरुलाई मास्क वितरण गर्दै अनिवार्य रुपमा मास्क प्रयोग गर्न, न्यूनतम भौतिक दुरी कायम गर्न तथा अनावश्यक रुपमा हिडडुल नगर्न अनुरोध गरेका छन् ।