Featured Uncategorized खेल कुद देश / राष्ट्रिय मुख्य समाचार समाचार

नेपाल तेक्वान्दो संघ दोलखा जिल्ला कार्यसमिति सर्बसम्मत निर्वाचित

श्रावण ३०, जिरी

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति दोलखाको प्रथम जिल्ला अधिवेशन युवराज जिरेलको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा धन बहादुर श्रेष्ठ, सचिवमा पासाङ शेर्पा, कोषाध्यक्षमा अमृत बहादुर कार्की तथा सदस्यहरुमा रिता खत्री, सिता कुमारी जिरेल र पासाङ छिरिङ शेर्पा निर्वाचित भएका छन् ।

दोलखाको पर्यटकीय नगरी जिरी स्थित उद्योग वाणिज्य संघ जिरी साखाको सभाहलमा समपन्न उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि जिरी नगरपालिकाका प्रमुख टंक बहादुर जिरेलले कोरोना भाइरस संक्रमणका कारण जिरीमा तेक्वान्दो लगायत अन्य खेलकुद गतिविधिहरु नराम्ररी प्रवाभित भएको वताउनुभयो । विगतमा पनि खेलकुदको क्षेत्रमा जिरी नगरपालिका सदैव सकारात्मक रहेको बताउदै युवा संजाल जिरी लगायत विभिन्न संघ संस्थाले आयोजना गरेको कार्यक्रममा नगरपालिकाको साथ, सहयोग र सहकार्य रहदै आएको स्मरण गराउनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष युवराज जिरेलले जिल्ला कार्यसमिति मार्फत हालसम्म भएका प्रमुख कार्यहरुको जानकारी गराउनुभएको थियो भने नेपाल तेक्वान्दो संघ बागमती प्रदेश सदस्य कवी मालाकार, धन बहादुर श्रेष्ठ लागयतले कार्यक्रममा सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२०७५ सालमा स्थापित दोलखा जिल्ला तेक्वान्दो संघ अन्तरगत हालसम्म दोलखा जिल्लामा जिरी तेक्वान्दो डोजाङ, सहिद स्मृति तेक्वान्दो डोजाङ र शैलुङ तेक्वान्दो डोजाङ गरि तिनओटा डोजाङहरु संचालनमा रहेका छन् । उक्त डोजाङहरुबाट हालसम्म जिल्लामा ११ जना व्ल्याकबेल्ट सेकेन्ड डान ३२ जना व्ल्याकबेल्ट फस्ट डान, १६ जना व्ल्याकबेल्ट गरि १८६ जना ग्रेडिङ खेलाडि उत्पादन भईसकेका छन् ।