Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार

विद्युत प्राधिकरणको चरम लापरवाही राेक्न मैनापोखरीबासी को ध्यानाकर्षण

केदार दहाल/ च्योर्दोङ
बैतेश्वर,२७ साउन । विद्युत प्राधिकरणको चरम लापरवाहीले बैतेश्वर गाउँपालिकाका ८ वटै वडा र गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ र २ जुँगु क्षेत्रमा लामो समयदेखि विद्युत आपूर्तिमा समस्या भएको विदित्तै छ । बैतेश्वरले भोग्दै आएको विद्युतसम्बन्धी समस्याका लागि पूर्व राज्यमन्त्री एवम् माओवादी नेतृ देवी खड्काको नेतृत्वमा केहिदिन अगाडि विद्युत प्राधिकरणका प्रमुखलाई भेटी चेतावनी सहितको ध्यानाकर्षण समेत गराइसकेका थिए।
विद्युतसम्बन्धी समस्याको दिर्घकालीन समाधानका लागि राजनीतिक तहबाट पहलकदमी गर्दै अाज फेरिदाेलखाकाे वैतेश्वर गाउँपालिका र यस आसपास को क्षेत्रमा विद्युत आपूर्तिमा निरन्तर समस्या आइरहेकोले समस्या समाधानका लागि मैनापोखरीबासी ले निवेदन सहित ध्यानाकर्षण गराएका छ्न।
वैतेश्वर गाउँपालिका ५ मैनापोखरी स्थित स्थानीय नागरिक अगुवा मोहनकृष्ण शर्मा,सुन्दर दहाल,लक्ष्मण चौलागाईं सहित स्थानीय बजार बासिको ठूलो संख्यामा गएको टोलिले विद्युत प्राधिकरण मैनापोखरी युनिट केन्द्रका प्रमुख खेम जिरेल लाई ध्यानाकर्षण गराएको हो।
ध्यानाकर्षण पत्रमा वैतेश्वर तथा यस को आसपास मा बिगत लामो समय देखि बिजुली नियमित नभएको,दैनिक ५० पटक सम्म बिजुलि आउने जाने गरेको,रातको समयमा पुरै बिजुलि जाने गरेको कारण उद्योग व्यबसायी लाई समस्या भएको,नियमित अक्सिजन लिनुपर्ने बिरामी लाई कन्सन्टेटर नचल्ने,विद्यार्थी हरुलाई अनलाइन कक्षा लिन नपाउदा अध्ययनमा समस्या भएको,लगाएतका समस्या उल्लेख गरि समाधानको लागि ध्यानाकर्षण गराइएको स्थानीय नागरिक अगुवा मोहनकृष्ण शर्माले जानकारी दिनुभयो।साथै समस्या समाधान को लागि कार्यलय प्रमुख समक्ष जोडदार माग गरेको यदि माग पूरा नभएमा वैतेश्वर बासिले थप आन्दोलनका कार्यक्रम घोषणा गरि कार्यालयमा तालाबन्दी समेत गर्ने चेतावनी दिएको नागरिक अगुवा शुन्दर दहाल ले जानकारी दिनुभयो!