Featured देश / राष्ट्रिय मुख्य समाचार राजनीति समाचार

एकीकृत समाजवादी जिरी नगर अधिवेशन आयोजक कमिटि गठन


कार्तिक १, जिरी !

एकीकृत समाजवादी जिरी नगर अधिवेशन आयोजक कमिटि गठन भएको छ ।
शैलेन्द्र खड्काको संयोजकत्वमा ५१ सदस्यीय जिरी नगर अधिवेशन आयोजक कमिटि गठन भएको हो । सहसंयोजकमा जयबहादुर पाख्रिन र सचिवमा बसन्त जिरेल रहेका छन् । पार्टीले जिरी नगरपालिका वडा नम्बर ५ स्थित लिंकन बजारमा अगुवा कार्यकता भेला गरी आज जिरी नगर अधिवेशन आयोजक कमिटि गठन गरेको हो । अगुवा कार्यकर्ता भेला कार्यक्रममा स्थानीय नेताहरु मरिजबहादुर खड्का, दोर्जी शेर्पा, हर्क जिरेल, प्रकाश श्रेष्ठ, भेषबहादु्र खड्का, प्रेम खत्री, मोहन बस्नेत, केश बहादुर तमाङ केशर जिरेल लगायतविधार्थि नेता तेजस्वि वस्नेत, विनिता जिरेल  लगायत दर्जनौ नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment

Featured