Featured

Featured देश / राष्ट्रिय समाचार

तिन साकोसको एकिकरण सँगै नयाँ सन्चालक चयन गर्दै साधारण सभा सम्पन्न

केदार दहाल / च्योर्दोङ

बैतेश्वर, ६ कार्तिक । नव जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एकिकृत प्रथम साधारण सभा सम्पन्न गरेको छ। एकिकृत तदर्थ समितिका संयाेजक श्री तेन्जिङ शेर्पाकाे अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारि संघ लि. सन्चालक सदस्य एवं प्रदेश सहकारि संघका महासचिव श्री जिवस राज खड्काकाे प्रमुख आतिथ्यता र जिल्ला बचत संघका उपाध्यक्ष एवं जनजागरण साकाेसका अध्यक्षकाे विशेष आतिथ्यतामा र अन्य अतिथिहरुकाे सहभागितामा सभा सम्पन्न भएकाे हो ।

साबिक संस्थाहरु जन उत्थान साकाेस, नव ज्याेति साकाेस र बैशाखेश्वर साकाेस बिच एकिकरण गर्नका लागि तदर्थ समितिलाई जिम्मा दिइएकाे थियाे । साेहि अनुसार २०७७/१२/०३ गते भूमि व्यवस्था, कृषि तथा सहकारि मन्त्रालय बागमति प्रदेश हेटाैंडामा नव जनउत्थान बचत था ऋण सहकारि संस्था लि. बैतेश्वर ३, खावाकाे नाममा दर्ता भएकाे थियाे ।

साधारण सभामा एकिकृत तदर्थ समितिका संयाेजक श्री तेन्जिङ शेर्पाले सहकारीको सम्पुरर्ण बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे भने लेखा सुपरिवेक्षणकाे प्रतिवेदन लेखा संयाेजक श्री शेषनारायण दहालले प्रस्तुत गर्नु भएकाे थियाे ।

संयाेजक शेर्पाले प्रस्तुत बार्षिक प्रतिवेदन अनुसार एकिकरण साबिक साकाेसहरु जनउत्थान साकाेस, नव ज्याेति साकाेस र बैशाखेश्वर साकाेसका जम्मा सहकारीको शेयर सदस्य अहिले २२५५ जना शेयर सदस्य र १०५४ बाल बचतकर्ता र १० अाेटा संघसंस्था गरि जम्मा ३४१०सदस्य पुगिसकेका छन् । जसमा बाकि सदस्यहरु निष्किर्य रहेका छन ।

आर्थिक प्रतिवेदन अनुसार यस साकाेसकाे जम्मा शेयर पूँजि १,२०,१९,७००|- बचत निक्षेप १०,७७,०३,२५९|- यस्तै अन्य काेषहरुगरि जम्मा यस साकाेसकाे कुल पूँजी १४,४६,१६,१३९|- रहेको छ ।

सहकारीले एकिकृत प्रथम साधारण सभाको अबसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि, उत्कृष्ट तरकारि तथा पशु व्यवसायी, उत्कृष्ट जेष्ठ नागरिक, विद्यार्थिलगायत उत्कृष्ट कर्मचारिलाई सम्मान गरेको छ।

एकिकृत प्रथम वार्षिक साधारण सभाकाे अवसरमा यस साकाेसलाई प्रमुख अतिथि खड्का र विशेष अतिथि दहाल लगायत अन्य अतिथिहरुले पनि शुभकामना मन्तव्य राख्नु भयकाे थियाे साथै सभापति श्री तेन्जिङ शेर्पाले यस एकिकृत प्रथम वार्षिक साधारण सभा सव्य र भव्य बनाउन सहयाेग गर्नुहुने सम्पुर्ण उपस्थित शेयर सदस्य तथा निमन्त्रणा स्विकार गरि पाल्नु भएका सम्पुर्ण प्रमुख अतिथि, विशेष अतिथि, अन्य अतिथिहरुलाई धन्यवाद दिँदै सभा समापन गर्नुभएकाे थियाे ।
नव जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर ३ खावा दोलखाको नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा नयाँ नेतृत्व चयन भएको छ । तेञ्जिङ शेर्पाको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति जसमा उपाध्यक्ष, सचिव, सहसचिव, काेषाध्यक्ष मा ङिमा दाेर्जे शेर्पा, केदार दहाल, कर्ण दाेर्जे शेर्पा र सिताराम दहालकाे नेतृत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन भएको छ जसमा राम्जि दहाल र लुकदाेर्जे शेर्पा रहनु भएकाे छ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment