Featured देश / राष्ट्रिय मुख्य समाचार राजनीति समाचार

नेकपा एमाले जिरी नगरपालिका वडा अधिवेशन सम्पन्न

कार्तिक ०६, जिरी

कम्युनिष्ट पार्टी (एमाले) द्वारा आज नेपालभरिका सबै पालिकाको ६७४३ वडा अधिवेशन अध्यक्ष केपी ओलीद्वारा भर्चुयल रुपमा एकसाथ उद्घाटन गर्नुभएको छ ।

नेकपा एमालेको वडा अधिवेशनका क्रममा जिरी नगरपालिका भित्रका ९ वटै वडाका वडा अधिवेशन आजैका दिन एकसाथ सम्पन्न भएका छन् । अधिवेशनबाट वडा नं. १ देखि ९ सम्म क्रमश: करफिन्जो शेर्पा, सोन्तेम्बा शेर्पा, रामबहादुर केसी, शिवबहादुर कार्की, गुञ्ज कुँवार, लिला बहादुर जिरेल, लिला जिरेल, गम्बु बिक र चक्रबहादुर तामाङको नेतृत्वमा कमिटी गठन भएका छन् । नेकपा एमाले पार्टीको प्रथम विधान महाधिवेशनबाट पारित विधानमा व्यवस्था गरेअनुसार नगरपालिकाका वडाहरुमा ३१ सदस्यीय  कमिटी गठन गर्ने प्रावधानअनुसार आज सबै वडामा अधिवेशन गरी नेतृत्व चयन गरिएको हो ।

 

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment

Featured