Featured

Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार

प्रेस सेन्टर नेपाल दोलखाको पाँचौ जिल्ला सम्मेलन सम्पन्न, शिव कुमार भुजेल अध्यक्षमा निर्वाचित

चरिकोट , ८ मंसिर । प्रेस सेन्टर नेपाल दाेलखाकाे पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ। चरिकोट स्थित हाम्रो रेडियो को सभाहलमा सम्पन्न सम्मेलनले शिव कुमार भुजेलकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित गरेको छ।

समितिको खुल्ला उपाध्यक्षमा शिवजी प्रधान,समाबेसी उपाध्यक्ष सिर्जना गाेले,सचिव सुरज बस्नेत,खुल्ला सहसचिव राजु थापा, समाबेसी सहसचिव करुणा बस्नेत र कोषाध्यक्षमा केदार दहाल निर्वाचित भएका छ्न।
साथै सदस्यहरुमा केदार तामाङ,पवित्रा सेढाइ,प्रमिला नेपाली, पवना कार्कि,बिन्दा खड्का र सविन के सि रहेका छन। त्यसैगरी सम्मेलनले प्रदेश प्रतिनिधिमा केन्द्रज्याेति खड्का,गाैतम जिरेल,सुन्तली थामी,दुर्गा बस्नेत र उपेन्द्र प्रधान लाई निर्वाचित गरेको छ भने केन्द्रिय प्रतिनिधिमा तेन्जिङ शेर्पा, सन्ताेषि कार्कि,सन्ताेष भुजेल र सिर्जना थापा (खड्का )लाई चयन गरेको छ।

प्रेस सेन्टर नेपाल दाेलखाका संयाेजक शिव कुमार भुजेलकाे अध्यक्षतामा भएको उद्धाटन कार्यक्रम पूर्व राज्यमन्त्री एवम् नेकपा माअाेवादि केन्द्र दाेलखाकी इन्चार्ज देवि खड्का, प्रेस सेन्टर नेपालका बागमती प्रदेश ईन्चार्ज लक्ष्मण खड्का,प्रेश काउन्सिल नेपालका का सदस्य एवम् दाेलखाका अग्रज पत्रकार चिरञ्जीवी मास्के,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् प्रेस सेन्टर नेपालका बागमती प्रदेश अध्यक्ष सुनिल खड्का,नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दिपशंकर चाैलागाँई, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।कार्यक्रममा दोलखाका अग्रज पत्रकार राजेन्द्र कुमार श्रेष्ठ लाई सम्मान पत्र सहित सम्मान समेत गरेकाे छ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment