Featured

Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार

समाचारको खन्डन गर्दै नवीन जिरेलले निकाल्यो बिज्ञप्ती, तथ्यहिन समाचारको पछि नलाग्न आग्रह

समाचार संस्था दैनिकी ले नवीन जिरेल बारे लेखेको समाचार सामग्री

जिरी, ९ मंसिर । नेकपा माओवादी केन्द्र जिरी नगर कमिटीका अध्यक्ष नवीन जिरेलले एक बिज्ञप्ती जारी गर्दै एक मिडियाले आफुमाथी लगाएको आरोपप्रती खन्डन गरेका छन । समाचार संस्था ‘दैनिकी’ ले गत ६ गते “माओवादी नेता नवीन जिरेलले सार्वजनिक जग्गा अतिक्रमण गरि भाडा उठाएर खादै” शिर्षकमा समाचार संप्रेषण गरेको थियो ।

योङ्ग फार्मर्स र जिरी नगरपालिका बिच भएको सम्झौता

जिरेलले जिरी नगरपालिका संग लिखित सम्झौता गरेर नै जग्गा भोगचलन गरेको बताएका छन । २०७३ वैशाखदेखि लागु हुने गरी जिरी नगरपालिका र योङ्ग फार्मर्स प्रा. लि. बीच जग्गा भाडामा लिने दिने सम्झौता भए अनुसारको स्थानमा अस्थायी टहरा निर्माण गरि उपभोग गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । हाल उक्त टहरा पनि भत्काई सकेको अवस्थामा अनलाइन समचारको पृष्ठभागमा अरु नै ब्यक्तिको टहराको फोटो राखि ६ बर्ष देखि विभिन्न व्यवसायको लागि भाडामा दिएर भाडा उठाएर खाने गरेका, जग्गा खाली गर्नको लागि पटक पटक ताकेता गर्दा पनि शक्तिको आडमा सार्वजानिक जग्गा खाली नगरेको, सार्वजानिक जग्गा व्यक्तिलाई दिएर समिल संचालन गर्दा अस्पतालमा समस्या भएको भन्ने उक्त समचारमा कुनै सत्यता नरहेको उक्त अस्थायी टहरा कसैलाई भाडामा नदिएको, जग्गा खाली गर्न नगरपालिकाबाट कुनै औपचारिक तथा अनौपचारिक जानकारी नआएको र कोही कसैलाई समिल चलाउन भाडामा समेत नदिएको कुरा पनि जिरेलले बिज्ञप्ति मार्फत स्पष्ट पारेका छन । आफुले हालसम्म कहीं कतै सार्वजनिक जग्गा अतिक्रमण गरी भाडामा नलगाएकोले राजनीतिक दाउपेजको आधारमा चल्ने पूर्वाग्रही मिडियाको पछि नलाग्न जिरेलले सबैमा अनुरोध गरेको छ ।

समचारको खन्डन गर्दै नवीन जिरेल बाट जारी बिज्ञप्ति

उनले तथ्यहिन समचारप्रति खेद प्रकट गर्दै आफुमाथि व्यक्तिगत लान्छना लगाउने र मानहानी गर्ने काम गरेकाले
कानुनी सहायताको लागि सम्बन्धित निकायमा जाने समेत बिज्ञप्तिमा उल्लेख गरेका छ्न ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment