Featured

Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार

जुँगुको सहकारी चोरी घटनामा सुरक्षागार्ड हत्या गर्ने गाउँकै दुई ब्यक्ति पक्राउ

दोलखा, १६ मंसिर । जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. १ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न दुई जनालाई केन्द्रीय अनुुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्कीलाई बिहिबार पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डीआईजी धीरजप्रताप सिंहले बताएको छ ।

सहकारी संस्थामा सुरक्षा गार्डको रुपमा कार्यरत ६७ वर्षीय पूर्णबहादुर खड्काको कार्तिक १० गते हत्या भएको थियो । कार्तिक ११ गते सहकारीबाट ४ सय मिटरको दुरिमा चिहानडाँडा स्थित जंगलमा उनको शव फेला परेको थियो । बिक्रम कार्की र सुमन कार्कीले कार्तिक १० मा राति काठमाडौंबाट गएर सुरक्षागार्डको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि सहकारीबाट १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटेर उनीहरु जिल्ला सदरमुकाममा चरिकोट फर्केको अनुसन्धानमा संलग्न प्रहरी स्रोतले जनाएको छ ।

सहकारीमा गएर सुमनले सुरक्षागार्ड खड्कालाई काठमाडौंबाट आएको आफ्नो साथी बेहोस भएर ढलेकोले सहयोग मागेको बहानामा जंगल नजिक लगेर उनीहरुले सुरक्षागार्डको हत्या गरेको हो ।

हत्या गरेको रात उनीहरु गाउँ गएको कसैले थाहा पाएनन् भने आरोपबाट बच्न काठमाडौं आएपछि उनीहरु मुस्ताङ घुम्न गएको ब्यूरोका डीआईजी धीरजप्रताप सिंहले बताए । सीआईबीले विक्रमलाई काठमाडौंको तीनकुनेबाट र सुमनलाई चुच्चेपाटीबाट पक्रेर थप अनुसन्धानका लागि दोलखा पठाएको छ ।

पैसा लुट्न सुरक्षागार्डको हत्या गरेका बिक्रम काठमाडौंमा प्लम्बरको काम गर्छन् । सुमन काठमाडौंमा पढ्दै छन् । प्रहरीले अरोपीहरुको साथबाट मृतकको मोवाइल समेत बरामद गरेको छ ।आवरण तस्बिर : रातोपाटि

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment